ट्रायलमा बेथिति भएको भन्दै वाइसिएलको ध्यानाकर्षण

तुलसीपुर,२३ पुस । यातायात कार्यालय तुलसीपुरले सवारीको ट्राइलका क्रममा देखिएको बेथितिका विरुद्ध वाईसिएल दाङले ध्यानाकर्षण गराएको छ ।

आफ्नै परिवार भित्रको सवारी साधन लिदा पनि दुइसय १५ रुपैँया अशूल गरेको भन्दै यो कार्य रोक्न कार्यालय प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

सोमबार वाईसिएलका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज अमर नेपाली, केन्द्रीय सदस्य हरिश गिरी, जिल्ला संयोजक माधव बुढाथोकी,तुलसीपुर नगर इञ्चार्ज हेवेन्द्र शाहीसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।


यसरी अशूल गरिएको रकम फिर्ता गर्न समेत वाईसिएलले ध्यानाकर्षण गराएको छ ।