तुलसीपुरबाट ब्राउन सुगरसहित पाँचजना पक्राउ

तुलसीपुर
१७ पुस / दाङको तुलसीपुरबाट ब्राउनसुगरसहित पाँचजनालाई पक्राउ गरिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दुई दिनको अवधीमा तीन महिला र दुईजना पुरुषलाई पक्राउ गरिएको हो ।


पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी १९ वर्षीया मन्दिरा थापा, सोही वडाकै १९ वर्षीया दिपु नेपाली, तुलसीपुर ६ बरुवागाउँका २९ वर्षीया रूद्रमणि पोखरेल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र तुलसीपुर ७ को सागरनगर टोलका ३० वर्षीय कैलाश नेपाली रहेका छन् ।

उनीहरुको साथबाट ५ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको हो ।