तुलसीपुर -१० का वडा अध्यक्षलाई पत्नी शोक

तुलसीपुर,२० पुस । तुलसीपुर उपमहानगरपालिका- १० का वडा अध्यक्ष यमराज केसीलाई पत्नी शोक परेको छ ।

विगत २ वर्षदेखि क्यान्सर रोगसँग लडीरहेकी पुष्पा केसीको ४३ वर्षको उमेरमा निधन भएको हो ।


उहाँको शुक्रबार बिहान ४ः२० बजे निधन भएको हो ।

पुष्पाको शितलपुर घाटमा बिहान १० बजे दाहसंस्कार गरिने वडाध्यक्ष केसीले बताए । केसीका एक छोरा र छोरी छन् ।