मन्त्री मास्कीद्वारा राप्ती नदीमा ¥याफ्टिङ

दाङ, १८ पुष ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले राप्ती नदीमा ¥याफ्टिङ गरेका छन् । प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी दाङ भएर बग्ने राप्ती नदीमा मंगलबार मन्त्री मास्कीले ¥याफ्टिङ गरेका हुन् । केही दिन अघि ¥याफ्टिङको सफल परीक्षण भएपछि मंगलबार आफूले पनि ¥याफ्टिङ गरेको उनको भनाई छ ।

मन्त्री मास्कीले प्रदेश राजधानीमा आउने १२ वटै जिल्लामात्रै नभई बाहिरी देशबाट आउने पर्यटकहरुलाई पनि भित्र्याउन यसले भूमिका खेल्ने बताए ।“प्रदेश राजधानी भएपछि यस क्षेत्रमा रमाउने ठाउँहरु पनि चाहिन्छ”,उनले भने “राजधानीको शिरमा रहेको देवीकोटमा प्याराग्लाइडिङ र राप्ती नदीमा ¥याफ्टिङ सुरु भएमा यसले राजधानीको शोभा बढाउनेछ ।”

दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले शुक्रबार र शनिबार ¥याफ्टिङ्को सफल परीक्षण गरेको थियो । परीक्षण सफल भएसंगै आगामी माघदेखि ब्यबसायिक रुपमा सुरु गर्ने तयारी रहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । राप्ती र गढवा गाउँपालिकाको पहलमा ¥याफ्टिङ सञ्चालनमा ल्याउने गरि तयारी गरिएको उनको भनाई छ । राप्ती नदीको भालुबाङदेखि सिसहनिया पुलसम्म ९ महिनासम्मै ¥याफ्टिङ सञ्चालन गर्न सकिने गरि परीक्षण भएको छ ।


गढवा गाउँपालिका, राप्ती गाउँपालिका र शितगंगा नगरपालिकाको सिमाना भालुबाङको पुल्चोकदेखि सिसहनिया–महदेवा जोड्ने पुलसम्म राप्ती नदीको करिब १५ किलोमिटर क्षेत्रमा ¥याफ्टिङ परीक्षण गरिएको थियो ।

कर्णाली ¥याफ्टिङ एण्ड एण्डभेन्चर प्रालिले राप्ती नदी क्षेत्रको चकचके–बड्डाँडा, बडडाँडा–भालुवाङ, भालुवाङ–सिसहनिया र सिसहनिया–लमहीसम्म ¥याफ्टिङ सञ्चालनको अध्ययन गरिसकेको छ ।