जनप्रतिनिधिलाई उद्घोषण तालिम

प्रमोद आचार्य,
दंगीशरण, १९ मंसिर ।
दंगीशरण गाउँपालिकाको आयोजनामा स्थानिय तहको निर्वाचनमा निर्वाचित महिला जनप्रतिनिधिहरुकालागी उद्घोषण तथा नेतृत्व विकास सम्बन्धि ४ दिने तालिम आइतबारदेखी गाउँपालिकाको शभाहलमा सुरु गरीएको छ ।गाउँपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरुको नेतृत्व बिकासमा टेवा पु¥याउन तालिमको आयोजना गरीएको सामाजिक विकास समितीका संयोजक रोशन जङ्ग शाहले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष सम्भु गिरीको शभापतीतत्वमा ४ दिने तालिमको आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरीएको हो । उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गिरीले महिला जनप्रतिनिधिहरुको ब्याक्तित्व विकास गर्न ४ दिने तालिम फलदायी हुने बिश्वास ब्यक्त गर्नुभयो । राज्यको मुल प्रवाहमा महिला नेतृत्व आउनु पर्ने र महिलाहरुको नेतृत्व विकासमा आफु सदैब सकारात्मक रहेको बताउनुभयो ।


उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर वलि ,सामाजिक विकास समितीका संयोजक रोशन जङ शाह लगाएतको सहभागीता रहेको थियो । महिला बालबालिका शाखाकि प्रमुख सुन कुमारी घर्तीको स्वागत मन्तब्यबाट शुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण शाखाकि महिला विकास सहायक निरीक्षक चन्द्रा वलिले गर्नु भएको थियो ।