प्रदेश स्तरीय कोडिङ एमिसन प्रतियोगितामा राजविद्या प्रथम

दाङ, १७ पुष ।
लुम्बिनी प्रदेश स्तरीय कोडिङ एमिसन प्रतियोगितामा दाङको राजविद्या पाठशाला प्रथम भएको छ । डिजी स्कुलको आयोजनामा ब्टवलमा भएको प्रतियोगितामा राजविद्या पाठशालाका अनुष रावत प्रथम भएका हुन् ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका ४८ जना विद्यार्थीहरु सहभागी रहेका थिए । प्रतियोगिता कम्प्युटर विज्ञिानसँग सम्बन्धित रहेको थियो । प्रतियोगितामा एनिमेसन, पाइथन र गेम क्रेसनका लागि कक्षा ५देखि ७ सम्मका विद्यार्थीहरुलाई सहभागी गराइएको थियो ।


डिजी स्कुलले विद्यालयको सहकार्यमा कम्प्युटर शिक्षाका विषयमा सहकार्य गर्दै आएको छ । कार्यक्रम गत आइतबार बुटवलको न्यु होइराजन इङ्लिस बोर्डिङ स्कुलमा सम्पन्न भएको थियो ।