शान्तिनगर २ मा सञ्चालित ५ दिने नेतृव विकास तथा पत्रकारिता तालिमको समापन

शान्तिनगर, १५ पुष ।
दाङको शान्तिनगर गाउँपालिकाका उपाध्यक्ष प्रेमा कुमारी बुढाथोकीले नेतृत्व विकासले मानिसको जिवन परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभएको छ। शान्तिनगर गाउँपालिका वडा नम्बर २ को आर्थिक सहयोग तथा हापुरे मिडिया प्रा.लिको आयोजनामा आयोजित ५ दिने नेतृव विकास तथा पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै बुढाथोकीले यस्तो बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका बुढाथोकीले राज्यको चौथो अंगका रुपमा मानिएका पत्रकारहरुले राम्रो र नराम्रो कुरा छुट्याउन सक्नुपर्ने भन्दै सरकारको सकारात्मक कुराको प्रचारप्रसार तथा नकारात्मक कुरामा ध्यानाकर्षण गराउन भुमिका खेल्नुपर्ने बताउनुभयो । कार्यक्रमका बिशिस्ट अतिथि शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्लले पत्रकारिताको मर्म अनुसार अगाडि बढ्न प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभयो ।


५ दिने बसाइँमा सिकेको ज्ञानलाई निरन्तरता दिन सके सफलता हात पाार्न सकिने बताउदै मल्लले अहिले सिकेका कुरालाई निरन्तरता दिन सके भबिस्य निर्धारण गर्न सक्ने बताउनुभयो । कार्यक्रमका अर्का बिशिस्ट अतिथि शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सुनिल वलीले वडा सत्य तथ्य बुझेर मात्रै कलम चलाउन प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।

हापुरे मिडिया प्रा.लिका अध्यक्ष रामप्रसाद सुवेदीको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य पुर्ण बहादुर वली,नेकपा एमालेका शान्तिनगर गाउँपालिका अध्यक्ष धन बहादुर केसी,नेपाली कांग्रेस क्षेत्रीय सदस्य लोकमणी रेग्मी, एमाले शान्तिनगर २ अध्यक्ष खुम बहादुर वली, मुख्य प्रशिक्षक प्रेम बहादुर राम्जा, प्रशिक्षक अर्जुन परियार प्रशिक्षार्थी रियासा खड्का र रमेश जंग के।सी लगायतकाले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन पुर्ण कुसारीले गर्नुभएको थियो ।