दलित सेवा संघको समुदाय केन्द्रित लगानी, कतै तरकारी खेती कतै नहर निर्माण

रामप्रसाद सुवेदी
हापुरे, ४ पुष ।
विभेदमा पारिएको समुदायको जिविको पार्जन सुधार परियोजना अन्तर्गत नर्वे सरकारद्वारा सञ्चालित द डेभलपमेन्ट फाउण्डको सहयोगमा दलित सेवा संघ दाङको आयोजनामा दाङको बबई गाउँपालिका वडा नम्बर ४ र ५ मा सञ्चालित २ वटा परियोजना गतिविधिको संयुक्त अनुगमन मंगलबार सम्पन्न भएको छ।

वडा नम्बर ४ मा प्रगतिशील महिला कृषक समूह मार्फत १० जना महिला दिदिबहिनीहरुको सकृयतामा १ बिगाहा जमिनमा गरिएको ब्यवसायीक तरकारी खेतिको अनुगमन गरिएको हो भने बबई ५ मा हरियाली कृषक समुहको सकृयता बबई गाउँपालिका सरकारको १ लाख ५० हजार रुपैयाँ र दलित सेवा संघ दाङको ३ लाख ३३ हजार रुपैयाँ गरि ४ लाख ८३ हजार रुपैयाँको लागतमा ३० मिटर वाल, ९ मिटर वाध सहितको १ सय ४६ मिटर लामो नहरको संयुक्त अनुगमन गरिएको हो ।

बबई ४ मा रहेको प्रगतिशील महिला कृषक समूहका महिलाहरुले तरकारी खेति मार्फत घर खर्च चलाउन सहज भएको बताएका छन् । समुहले तरकारी खेति गर्न थालेपछि स्थानिहरु पनि तरकारी खेतीमा अग्रसर हुन थालेको उनिहरुको भनाई छ।नियमित सिचाइको अभावका बिच उत्पादन भएको तरकारीको उचित मुल्य र बजारको ब्यबस्थापन हुन नसक्दा समस्या हुने गरेको बताउदै उनिहरुले समस्या समाधानमा स्थानिय सरकारको सहयोगको अपेक्षा राखेका छन् ।

सिचाईमा नहर नहुदा समस्या भएको सम्झदै बबई ५ का हरियाली कृषक समुहका दिदिबहिनी नहर बनेपछि सहज हुने बताएका छन् । उनिहरुले दलित सेवा संघले स्थानिय क्षेत्रमा लगानी गरेर महिलाहरुको जिवनस्तर माथि उठाउन उल्लेख्य भुमिका खेलेको बताएका छन् । बर्षातमा बाध भत्किएर समस्या भोग्ने स्थानिय बाध संगै नहर बनेपछि सिचाइमा सहज हुने अपेक्षा राखेका छन् ।

अनुगमनका क्रममा बबई गाउँपालिका सरकारका प्रमुख कुलबहादुर खत्रि क्षेत्रीले उत्पादन बढाउन प्राङ्गारिक मलको प्रयोगमा जोड दिन आवश्यक रहेको बताउनुभएको। अध्यक्ष क्षेत्रीले प्राङ्गारिक मलको प्रयोगले उत्पादन बढ्नुको साथै माटोको स्वरुप परिवर्तन गर्ने र लामो समय चिस्यान रहिरहने बताउदै सिचाइको प्रयाप्त सुविधा नहुने स्थानमा प्राङ्गारिक मलको प्रयोग पनि उपयुक्त उपाय रहेको धारना राख्नुभयो ।

कृषिलाई ब्यवसायीकरणमा अग्रसरहरुलाई बबई गाउँपालिका कृषि शाखा मार्फत पनि सहयोग हुने गरेको शाखा प्रमुख चन्द्रसोभा कडेलले बताउनुभयो । उहाँले कृषकहरुको माग अनुसार कृषि शाखामा उपलब्ध भएसम्म उपकरण, बिउविजन, बिषादी, टनेल लगायतका सामाग्रीहरु उपलब्ध गराउने गरेको बताउनुभयो ।


दलित सेवा संघ दाङका अध्यक्ष लिला बिकले विशेषगरि आर्थिक रुपमा कम्जोर न्युनतम ३ कट्ठा भन्दा कम जग्गा जमिन भएका दिदिबहिनीहरुलाई समुह मार्फत ब्यवसायिक खेतिमा अग्रसर गराउने गरेको बताउनुभयो उहाँले बबईमा मात्रै हैन दाङका अन्य स्थानमा समेत दलित सेवा संघ दाङले समुदाय केन्द्रित लगानी गरेको बताउनुभयो ।

दलित सेवा संघ दाङका कार्यक्रम संयोजक छवि परियारले दलित सेवा संघले ५ वर्षे अवधिमा स्थानिय सरकार, सम्बन्धित महिला समुह संग दलित सेवा संघ दाङले साझेदारीमा काम गरिरहेको बताउनुभयो । उहाँले ब्यबसायिक र अर्ध ब्यबसायिक गरि २ तरिकाले तरकारी खेति सञ्चालन गरीएको बताउनुभयो ।

परियारले परियोजना पहिलो वर्ष सम्पूर्ण लगानी दलित सेवा संघ दाङले गर्ने,दोस्रो वर्ष दलित सेवा संघको ७५ प्रतिशत र समुहले २५ प्रतिशत लगानी गर्ने तेस्रो वर्ष दलित सेवा संघले ५० प्रतिशत र समुहले ५० प्रतिशत लगानी गर्ने चौथो वर्ष दलित सेवा संघले २५ प्रतिशत र समुहले ७५ प्रतिशत लगानी गर्ने तथा अन्तिम ५ ओैं वर्षमा सम्पूर्ण लगानी समुहले गर्नेगरी सम्झौता भएको बताउनुभयो ।

अनुगमनमा बबई बबई गाउँपालिका सरकारका प्रमुख कुलबहादुर खत्रि क्षेत्री, बबई गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रसोभा कडेल, बबई गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक साखा प्रमुख ईश्वरा रावत, पत्रकार अर्जुन परियार रेडियो हापुरेका कार्यालय प्रमुख रामप्रसाद सुवेदी, दलित सेवा संघ दाङका अध्यक्ष लिला बिक, सचिव सन्तोष चनरा, कार्यक्रम संयोजक छवि परियार लगायतको सहभागीता रहेको थियो ।