तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा दुईजना घाइते

तुलसीपुर, ३ पुष ।  दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक रोल्पाको गंगादेव गाउँपालिका ४ निवासी १८ वर्षीय महेश डाँगी र मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका १९ वर्षीय कमल वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।


प्रहरीका अनुसार तुलसीपुरको सल्यानरोडमा रहेको सहकारी पेट्रोल पम्प देखी बजारतर्फ आउदै गरेको रा ७ प ६३४६ नम्बरको मोटरसाइकल आज मंगलबार बेलुका साढे ६ बजेको समयमा तुलसीपुर ७ डाँडापातु नजिकै सडकमा राकिराखेको रा १ छ १०३२ नम्बरको पिकअप भ्यानमा ठोक्किदा दुर्घटना भएको हो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।