हापुरेमा हापुरे ब्यापारिक तथा कृषि पर्यटन महोत्सव सञ्चालन हुने

हापुरे, ३ पुष ।
दाङको बबई गाउँपालिकाको हापुरेमा हापुरे ब्यापारिक तथा कृषि पर्यटन महोत्सव सञ्चालन हुने भएको छ। बबई चेम्बर अफ कमर्सले सोमबार हापुरेमा पत्रकार सम्बेलनमा गर्दै पुष ६ गतेदेखि १६ गतेसम्म १० दिन वडा नम्बर ५ पदमपुरमा रहेको पदमपुर सामुदायिक बनको प्राङ्गणमा महोत्सव आयोजना गर्न लागेको जानकारी गराएको हो ।


बबई चेम्बर अफ कमर्सको आयोजनामा १० दिनसम्म सञ्चालन हुने महोत्सब कम्तिमा १ लाख जनाले अवलोकन गर्ने अपेक्षा गरिएको बबई चेम्बर अफ कमर्सका अध्यक्ष सन्तराम सुनारले बताउनुभयो । महोत्सवबाट संकलित रकमबाट सार्वजनिक सौचालय निर्माण गरिने बबई चेम्बर अफ कमर्सका महासचिव भिम भुसालले बताउनुभयो ।