बबईमा ब्यक्तिगत घटना दर्ता सिविर सञ्चालन हुने

रामप्रसाद सुवेदी

हापुरे, १८ चैत ।

दाङको बबई गाउँपालिकाका विभिन्न स्थानमा ब्यक्तिगत घटना दर्ता सिविर सञ्चालन हुने भएका छन् । बबई गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिरण शाखाको आयोजनामा २०७८ चैत्र २० गतेदेखि २०७९ बैसाख ९ गतेसम्म गाउँपालिकाको सात वटै वडाका विभिन्न स्थानमा सिबिर सञ्चालन गरिने सामाजिक सुरक्षा तथा पञ्जिरण शाखा प्रमुख बालकृष्ण पाण्डेले जानकारी दिनुभयो ।


शिबिरमा जन्मदर्ता,मृत्युदर्ता,बिवाहादर्ता।सम्बन्ध बिच्छेद,बसाइँसराई जस्ता ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताको लागि समेत आबेदन दिन सकिने छ।

शिबिर वडा नम्बर ४ अन्तरगत २०७८ चैत्र २० गते हस्तनापुर स्कुल, २१ गते गैरीगाउँ र २२ गते सुन्दरखालमा वडा नम्बर ५ अन्तरगत २०७८ चैत्र २३ गते जौंबारी स्कुल,२४ गते हुरुम स्कुल र २५ गते तल्लो बबरपुर स्कुलमा,वडा नम्बर १ अन्तरगत २०७८ चैत्र २७ गते भाङ्गाबारी,२८ गते सिमलकुना र २९ गते मलै कप्तानेमा वडा नम्बर ७ अन्तरगत २०७८ चैत्र ३० गते देउती माबि मलै,२०७९ बैसाख २ गते ढोलपुर र ३ गते ओदालेमा,वडा नम्बर २ अन्तरगत २०७९ बैसाख ४ गते बिशौनीडाडा,५ गते बगाले र ६ गते रातामाटामा, वडा नम्बर ३ अन्तरगत २०७९ बैसाख ४ गते घट्टेखोला,५ गते पतेरी र ६ गते बासमा,वडा नम्बर ६ अन्तरगत २०७९ बैसाख ७ गते टिकुलीगैरा ८ गते सुनपुर र ९ गते खिलतपुरमा सञ्चालन हुनेछ ।