दाङमा टिप्पर र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु एकजना घाइते

तुलसीपुर, २६ मंसिर ।  दाङमा टिप्पर र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा लमही ४ निवासी ६४ वर्षीय दिपा बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार घोराहीबाट लमहीतर्फ जादै गरेको रा १ ख २८४० नम्बरको खाली टिप्पर र सोही दिशातर्फ जादै गरेको रा ७ प ३३३१ नम्बरको मोटरसाइकल घोराही ३ मसोट नजिकै आपसमा ठक्कर खादा सोटरसाइकलमा सवार बुढाथोकीको मृत्यु भएको हो भने मोटरसाइकल चालक (मृतकका छोरा) २३ वर्षीय सफल बुढाथाकी घाइते हुनुभएको हो ।


घाइते सफलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने टिप्पर चालक घोराही १४ का ३२ वर्षीय प्रकास केसीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।