दाङ, २५ मंसिर ।
दाङ बबई गाउँ पालिका वडा नं. ३ निवासी हिमाल डाँगीले नरेश वलीलाई उपचार खर्चमा सहयोग गरेका छन् ।
बबई गाउँपालिका वडा नम्बर २ निवासी तारा बहादुर वलीका जेठा छोरा नरेश वली बिगत लामो समय देखी मुटु, फोक्सो र कलेजोको बिरामी भई उपचारको लागी आर्थिक अभाव भएकाले आफ्नो जन्मदिनको अवसरमा हिमाल डाँगीले रु.५५५५/- (पाँच हजार पाँच सय पच्पन्न) रुपैयाँ सहयोग गरेका छन् ।
डागि विभिन्न संघसंस्थामा आवद्व भई गरिब, दुखिहरूलाई सहयोग गर्दै आएका छन् । विगत लामो समय देखी बबई गाउँपालिका वडा नं २ निवासी नरेश वली मुटु , फोक्सो र कलेजोको बिरामी भई उपचारत भैरहेका छन् । तत्काल कलेजो प्रत्यारोपन गर्नु पर्ने भएकोले उनको आर्थिक अबस्था निकै कम्जोर भएकाले आफ्नाे जन्मदिनको अवसरमा उपचार खर्च सहयोग गरेको डाँगीले बताए ।
लाइभदाङ । २५ मंसिर २०८०, सोमबार १६:२४ बजे