एसईईमा शान्तिनगरका सामुदायिक विद्यालयमध्ये बुद्ध मावि उत्कृष्ट, संस्थागत विद्यालयहरूबाट शतप्रतिशत सफलता

निराश पाण्डे
शान्तिनगर १५ असार ।
राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परिक्षा (एसईई) को नतिजा शुक्रबार सार्बजनिक गरेको छ। एसईईमा सामुदायिक विद्यालय तर्फ शान्तिनगर गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरू मध्ये बुद्ध माध्यमिक विद्यालय, शान्तिपुरले सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै ७२.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ।

शान्तिनगर गाउँपालिका भित्र ८ ओटा सामुदायिक विद्यालयहरु २०८१ को एसईईमा सहभागी भएका थिए । जस अन्तर्गत शिब शक्ति मावि धनौराबाट ५०.००प्रतिशत , त्यसै गरि बिपि मावि बयालेबाट ४०.४० प्रतिशत, जनकल्याण मावि सिम बाट ३४.०४ प्रतिशत, बिरेन्द्र मावि खिलतपुर बाट २९.२७ प्रतिशत, आदर्श मावि काँसिपुर बाट ५४.१७ प्रतिशत, मावि तुलसीपुर धनौरि बाट ६७.५७, र राप्ति माबि पेदिखोला बाट ४४.४४ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् ।

सामुदायिक विद्यालयबाट २०८१ को एसईईमा ३३९ परिक्षार्थीहरु सहभागी भएको जनाइएको छ।


यसैगरी, ५ ओटा संस्थागत विद्यालयबाट ११५ जना विद्यार्थी सहभागी भएका थिए। शान्तिनगर शिक्षा शाखाका अनुसार सबै संस्थागत विद्यालयहरूबाट सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। अमृत बिद्या मन्दिर बाट २७, लोक प्रिय बिद्या मन्दिरबाट १९ त्यसै गरि मिड वैस्ट बाट ३४, हंस बाहिनि बाट १७ र मोर्डन ज्ञान कुन्ज बाट १८ जना विद्यार्थीहरु सहभागी भएको जनाइएको छ।

२०८१ को एसईई को परिक्षामा शान्तिनगर गाउँपालिकाबाट सामुदायिक र संस्थागत विद्यालयबाट गरि ४५४ विद्यार्थीहरु सहभागी भएका थिए।