प्रिया स्मृती गजमेर
लमही, २६ भदौ ।
जिल्ला स्वास्थ्य कार्यालय दाङले डेंगु रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि लमहीका सरोकारवालाहरुसंग अभिमुखिकरण कार्यक्रम गरेको छ ।
जिल्लामा डेंगु रोग निरन्तर उकालो लाग्न थालेपछि स्वस्थ्य कार्यालय दाङले दाङका सबै पालिकासंग अभिमुखिकरण कार्य गर्दै आएको स्वस्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले डेंगु प्रभावित क्षेत्रको पहिचान गरि लार्भा नष्ट गर्ने तर्फ सबै लाग्नु पर्ने बताउनु भयो ।
स्वास्थ्यकर्मीको टोलीसंग लमही बजारको अनुगमनमा पुग्नु भएका कार्यबाहक नगर प्रमुख योगीले बजार क्षेत्र उच्च जोखिममा रहेको भन्दै यस तर्फ आफू बच्ने र अरुलाई पनि बचाउने विषयमा सबैले चासो राख्नु पर्ने उहाँको भनाई छ ।
पानी जम्ने ठाउँ डेंगुको बस्ने मुख्य बासस्थान भएकोले ती ठाउँमा पानी जम्न नदिन, फोहोर राम्रोसँग व्यवस्थापन गर्न सम्पूर्ण नगरबासीमा अनुरोध गर्नु भएको छ ।
स्वास्थ्य टोली सहित बजार अनुगमनमा गएको टोलीले बजार क्षेत्रमा डेंगुका लार्भा थुप्रै लार्भा भेटिएको जनाएको छ । गाडीका टायरमा जमेको फोहोर पानी ती लार्भा भेटिएकोजजलमही नगरपालिका स्वास्थ्य शाखाग प्रमुख नारायण प्रसाद शर्माले जानकारी दिनु भयो ।
स्वास्थ्य कार्यालय र नगरपालिकाको एकल प्रयासमा मात्र डेंगु रोग नियन्त्रण हुँदैन, सम्पूर्ण पालिकाबासीहरुको पनि सहयोग रहनु पर्छ शर्माले भन्नू भयो ।
जिल्ला स्वास्थ्य कार्यालय दाङका कार्यक्रम अधिकृत किशोर आचार्यले डेंगु रोग नियन्त्रण गर्न सबैको सहयोगको खाँचोरहेको बताउनु भयो । आफ्नो घरवरपर सफा राख्ने मुख्य कुरा रहेको उहाँको भनाई छ ।
कार्यक्रममा जनप्रतिनिधि, महिला स्वयंसेविका, उद्योगी व्यवसायी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।
स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले डेंगु रोगका बारेमा जानकारी गराउनु भएको थियो भने बामदेव शर्माले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालय दाङको आयोजना एवम् लमही नगरपालिकाको संयोजनमा कार्यक्रम भएको हो ।
लाइभदाङ । २६ भाद्र २०८०, मंगलवार १७:०४ बजे