हमाल दम्पतीद्धारा स्वर्गीय आमा बुबाको सम्झनामा सहयोग

टेकराज भण्डारी
तुलसीपुर, १८ मंसिर ।
नेपाली काङ्ग्रेस तुलसिपुर नगर सभापती तथा समाजसेवी सुरेश हमाल र रेखा शाह हमालले मानव सेवा आश्रम तुलसीपुरमा लत्ता कपडा सहयोग गर्नु भएको छ ।

सामाजिक सेवा भाव अनुरुप स्व.आमा पशुपति हमाल तथा स्व.ससुरा वुवा जय पृथ्बी बहादुर साह र स्व.सासू आमा जनक देवि शाहको सम्झनामा आश्रममा ब्ल्यांकेट सहयोग गर्नु भएको हो ।


कोही नहुनेहरुको लागि र केही नहुनेहरुको लागि थोरै भए पनि स्वर्गीय आमा बुबाको सम्झनामा सहयोग गरेको समाजसेवी हमालले बताउनु भयो । यही अनुरूप हमालले आज एक कार्यक्रमका विच २५ पिस व्ल्याङ्केट तथा फलफुल वितरण गर्नुभएको छ ।