जेष्ठ नागरिकलाई न्यानो कपडा

तुलसीपुर,२६ पुस । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नंं.१६ का जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । वडाका १६ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो ।

वडाध्यक्ष शिवानन्द डिसीको अध्यक्षता तथा उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा न्यानो कपडा वितरण गरिएको हो ।


जेष्ठ नागरिक समाजका इतिहास भएको भन्दै उनीहरुको सम्मानमा न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष डीसीले बताए । आगामी दिनमा पनि सहयोग गर्ने उनले बताए ।

प्रमुख अतिथि चौधरीले जेष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताइन् । त्यस अवसरमा कार्यपालिका सदस्य यमुना परियार, जेष्ठ नागरिक वडाध्यक्ष लोकबहादुर वली, वडासचिब मित्रलाल विकलगायतको सहभागिता रहेको थियो ।