तुलसीपुरमा एसटुएस कम्पनीको उद्घाटन

तुलसीपुर
२१ असोज / दाङको तुलसीपुरमा एसटुएस कम्पनीको उद्घाटन गरिएको छ ।

बुधबार एक कार्यक्रम गरि उद्घाटन गरिएको हो । स्वदेशी तथा विदेशी बस्तुहरुलाई बजारिकरण गरी ‘एक घर, एक रोजगारी’ उत्पादन गर्ने उद्देश्यले एसटुएस ग्लोवल मल्टिट्रेड कम्पनीको उद्घाटन गरिएको हो ।


सुवास ओलीको अध्यक्षता तथा विष्णु तामाङ्को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा बिशिष्ट अतिथि चक्रबहादुर देउकाडी, बुद्धिबहादुर श्रेष्ठलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

मदन हमालले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण दिपेन्द्र वलीले गरेका थिए ।