लमही नगरपालिकाका प्रमुख/उपप्रमुखद्वारा महाशिवरात्रीको शुभकामना

प्रिया स्मृती गजमेर
दाङ, २५ फागुन । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीले महाशिवरात्री पर्वको अवसरका शुभकामना व्यक्त गर्नु भएको छ । महाशिवरात्री पर्वले आम नेपालीमा सामाजिक सदभाव, एकता र मेलमिलाप कायम गर्न सकोस भन्दै सम्पूर्ण लमही नगरबासीहरुको सुख, शान्ति र समृद्धिको कामना गर्नु भएको हो ।
‘हिन्दू धर्मावलम्बीको महान पर्व महाशिवरात्रीका अवसरमा लमही नगरबासी सहित देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दछौं । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक भगवान शिवको आराधना गरि मनाइने महाशिवरात्री पर्वले आम नेपालीमा सामाजिक सदभाव, एकता र मेलमिलाप कायम गर्न सकोस ।’ प्रमुख चौधरी र उपप्रमुख योगीले भन्नु भएको छ । नेपालमा मनाइने हरेक चाडपर्वले जस्तै शिवरात्रीले पनि सामूहिक भावना थप विकसित गर्दै, एकता र मेलमिलापको आधार खडा गरोस भन्ने पनि उहाँहरुको चाहाना छ ।
नेपालीहरुको सांस्कृतिक रीतिरिवाजले हाम्रो सामाजिक सम्बन्धहरुलाई थप मजबुत गराउछ, हामीले आफ्ना पर्व, रीतिरिवाज तथा धर्म संस्कृतिलाई संरक्षण गर्दै, नेपाली नेपाली बीचको एकता कायम गर्दैै समृद्धिको आधार बनाउनुपर्नेमा नगर प्रमुख र उपप्रमुखको जोड छ ।