भुकम्प पीडितलाई लमही नगरपालिका द्वारा राहत प्रदान

दाङ, १५ मंसिर ।
जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितका लागि लमही नगरपालिकाले तीन लाख बराबरको राहत (७२ थान ब्लान्केट र ७२ बोरा चामल) जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरेको छ ।

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठ, वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेल, ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, नगर प्रमुखका स्वकीय सचिव संकर चौधरी, प्रेस संयोजक प्रिया स्मृती गजमेर लगायतको टोली बिहिवार जाजरकोट पुगेर उक्त राहत सामग्री हस्तान्तरण गरेको हो ।


भुकम्प पीडितहरुलाई प्राप्त भएको राहत सामग्री व्यवस्थापनको जिम्मेवारी पाएका रुकुम पुर्वका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यलाई ती राहत सामाग्री प्रदान गरिएको हो ।

केही दिन अगाडी लमही नगरपालिकाको कार्यपालिका बैठकले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई राहत सहयोग गर्ने भनेर तीन लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।