दाङमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

तुलसीपुर,२६ पुस । दाङमा ट्याक्टरबाट खसेर एक ब्यक्तीको मृत्यु भएको छ । सितलपुर–गोल्टाकुरी सडक अन्तर्गत दंगीशरण १ बाँकीमा उक्त दुर्घटना हुँदा सोही ठाउँका ५२ बर्षीय रुद्रबहादुर भण्डारीको मृत्यु भएको हो ।

सोमबार साँझ ४ बजेतिर उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार भण्डारी भे १ त ४०६६ नम्बरको ट्याक्टरमा सवार थिए । सोही क्रममा खसेका उनलाई पछाडीको टायरले किच्दा उनको घटना स्थलमै मृत्यु भएको हो ।


मृतक भण्डारीको शवलाई परीक्षणकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।