सिमाठानीबासीले पाउँदैछन्, खानेपानी

अन्जना बिश्वकर्मा
दाङ, १२ मंसिर ।
दाङको दंगीशरण गाउँपालिका वडा नं. ७ सिमठाना र सिमठानीमा खानेपानीको हाहाकार छ । कुवाको पानीको भरमा त्यहाँका मानिसको दैनिकी चलिरहेको छ । तर, ति कुवा पनि सुकेपछि जरुवाको पानीमा भर पर्नुपर्छ । सधै जरुवाको अशुद्ध पानीले दैनिकी धानीहरुका त्यहाँका बासिन्दाहरू अब भने शुद्ध पानी खान पाउने भएका छन् ।

लुम्बिनी प्रदेश सरकारको लगानीमा त्यहाँका करिब तीन सय घरधुरीलाई खानेपानी खुवाउनकालागि काम अघि बढेको छ । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका इञ्जिनियर बसन्त कुमार दुलालका अनुसार बोरिङ तयार भइसकेको छ । “एकसय २२ मिटर गहिरो खनेर बोरिङ तयार पारिसकिएको छ”,उनले भने “जसले २० लिटर प्रति सेकेन्ड पानी फालिरहेको छ ।”

अब ओभरहेड ट्याङ्की निर्माणको कामलाई अगाडी बढाउन थालिएको उनको भनाई छ । ओभरहेड ट्याङ्की निर्माण भएमा त्यहाँ घर–घरमा खानेपानी पु¥याउन सकिने उनको भनाई छ । चालु वर्षमा लुम्बिनी प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । त्यही बजेटले अहिले काम भइरहेको छ ।


आवश्यक थप बजेटको ब्यवस्थापन गरेर घरघरमा खानेपानी पु¥याउने तयारी गरेको प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले बताए । ‘एक घर, एक धारा’भन्ने प्रदेश सरकारको नारा नै भएकाले आफूहरूले खानेपानी नपुगेको ठाउँमा खानेपानी पु¥याउने गरि काम अघि बढाइरहेको मन्त्री मास्कीको भनाई छ । “खानेपानी पु¥याउने सरकारको दायित्व हो”,उनले भने “सिमठाना र सीमठानी गाउँमा हामी छिट्टै खानेपानी पु¥याउँछौं ।”

विद्युत र पम्प हाउस जडान गरेमा छिटै यहाँका बासिन्दाले खानेपानी पाउने दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए । पहिलो चरणमा घर–घरमा खानेपानी पु¥याउने र खानेपानीका बाँकी संरचना निर्माणको काम पनि अघि बढाउने उनले बताए । त्यसकालागि ६ करोड बराबरको प्राविधिक स्टिमेट तयार भएको उनको भनाई छ । साभारः अग्रिम साप्ताहिक