तुलसीपुरको एक घरमा लागेको आगो नियन्त्रणमा

फाइल फोटो

तुलसीपुर ७ मंसिर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ नामिनगर निवासी ३५ वर्षीय बिनय गुप्ताको तीन तले घरको दोस्रो तलाको पुजा कोठामा लागेको अगो नियन्त्रणमा लिइएको छ ।

बिहीबार बेलुका करिब सवा ७ बजेतिर आगलागी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक ठाकुर प्रसाद पोखरेलले बताए ।

आगलागी भएको थाहा भए लगतै खटिएको २० जनाको प्रहरी टोली र स्थानीयको सहयोगमो नियन्त्रणमा लिएको हो ।


घर मालिक विहीबार मात्रै भारत गएको अबस्थामा आगलागी भएको हो । अगलागीको कारण खुल्न सकेको छैन ।

घरमा कोही नभएकाले मानबिय क्षति नभए पनि २ थान प्लाष्टिकको कुर्सी, १ थान सिरक डसना जलेको प्रहरीले बताएको छ ।