दिव्यकुञ्ज एकाडेमीमा अभिभावक भेला सम्पन्न

पूर्ण के. सी. (मुस्कान)
तुलसीपुर,१० पुष ।
तुलसीपुरमा ७ मा रहेको तुलसीपुर एकेडेमी प्रस्तावित दिव्यकुञ्ज एकेडेमीले शनिबार एक कार्यक्रमगरि अभिभावक भेला सम्पन्न गरेको छ ।

विद्यालय व्यवथापन समितीका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा अबको शैक्षिक रणनीतीको बारेमा अभिभावलाई जानकारी गराईएको थियो । सो अवसरमा अध्यक्ष भण्डारीले निकट भविष्यमै दिव्य कुञ्ज एकेडेमीलाई तुलसीपुरमा अब्बल विद्यालयका रुपमा स्थापित गराउन कुनै कसरत बाकी नराख्ने बताउनुभयो । यस्तै विद्यालका एकेडेमीक हेड सुनिल शर्माले विद्यालयले गरेको सुधारको प्रयास र आउने दिनमा गरिने कृयाकलापको योजना प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा परिर्वतन गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत एवम् विद्यालयका अभिभावक धुर्व राज न्यौपानेले छोटो समयमा विद्यालयले राम्रो प्रभाव पारेको र अझै नयाँपनका साथ अरु विद्यालय भन्दा फरक तरिकाले प्रस्तुत हुदै जानुपर्ने कुरामा जोड दिनुभयो ।


रेडियो प्रकृतीमा कार्यरत पत्रकार प्रेम कुमारी मगरले शैक्षिक क्रियाकलाप समयको माग अनुसार हुनुपर्ने बताउनुभयो । साथै अन्य अभिभावले विद्यालय परिवारलाई महत्वपूर्ण सुभाव दिएका थिए । कार्यक्रममा विद्यालयका सेयर सदस्य एवम् समाजसेवी गोरख वली , सन्दिप विक्रम राणा , कमल के.सी., बसन्त न्यौपाने, केशव वली, अभिनाष खरेल , लगाएको सहभागीता रहेको थियो ।

विद्यालकी शिक्षिका भावना भट्रराईको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रिन्सिपल भागवत भट्रराईले गर्नुभएको थियो।