टेकराज भण्डारी
दाङ, २४ कार्तिक ।
म्याकिसम इन करपोरेशन प्रा.लि. काठमाडौंले भुकम्प पिडितहरुलाई राहत हस्तान्तरण गरेको छ। प्रा.लि.ले कार्तिक १७ गते गएको महाभुकम्पको कारणले धनजनको क्षती भएको स्थान रुकुमको आठविसकोट नगरपालिकामा गइ भुकम्प पिडितलाई राहत स्वरुप चामल, चाउचाउ र चिउरा हस्तान्तरण गराएको हो ।
म्याकिसम इन करपोरेशन प्रा. लि.का डाइरेक्टर प्रभाश शेष्ठको नेतृत्वमा गएको टोलीले रुकुम स्थित आठविसकोट नगर पालिकाको कार्यालयलाई सामानहरु हस्तान्तरण गरेको हो।
भुकम्पमा परि रुकुममा मात्रै ४४ जनाको ज्यान गएको र ३० वटा घरहरु पूर्ण रुपले क्षतीग्रस्त भएको र करिब ७ हजार घरहरु आंसिक रुपमा क्षती भएको आठविसकोट नगर पालिकाका मेयर रवि केसीले जानकारी दिए ।
त्यस्तै म्याकिसम इन करपोरेशन प्रा. लि.का डाइरेक्टर प्रभाश शेष्ठले प्रा.लि.ले कार्तिक १७ गते गएको महाभुकम्पको कारणले रुकुम र जाजरकोट जिल्लामा ठूलो धनजनको क्षती भएकोमा दुःख ब्यक्त गर्दै पिडितहरुलाई थोरै भएपनि मलम पट्टिको काम गरोस् भन्ने उद्देश्यले सामाग्रीहरु उपलब्ध गराएको बताए। चेयरमेन सुन्दर भुसालले थप राहत पनि उपलब्ध गराउने बताएका छन् । राहत सामाग्रीहरु हस्तान्तरण गर्दा डाइरेक्टर हरिहर पोखरेलको पनि उपस्थिति थियाे। पाच लाख बराबरको राहत सामाग्रीहरु हस्तान्तरण गरिएको थियो।
लाइभदाङ । २४ कार्तिक २०८०, शुक्रबार १०:५२ बजे