लमहीकाे श्रीगाउँबाट एक जना बेसहारा मानवकाे उद्वार

तुल बहादुर कवँर मगर
देउखुरी, २२ कार्तिक । निलसागर सेवा आश्रम दाङले लमही नगरपालिका-२ श्रीगाउँबाट एक जना बेसहारा मानवकाे उद्वार गरेको छ।

लमही निवासी युवा नेता तथा समाजसेवी बसन्तराज शर्माको समन्वय तथा अस्थाई प्रहरी पाेष्ट नर्तीका असई ओम बहादुर पछाईकाे सहयोगमा ७१ वर्षीय रिशमान चाैधरीकाे उद्वार गरिएको हाे।

उनलाई उद्वार गरि हाल आश्रमको कार्यालय राप्ती गाउँपालिका -८ पिपरीमा राखिएको आश्रमका कार्यबाहक अध्यक्ष गरिबु चाैधरीले जानकारी दिनुभयो।

निसन्तान तथा घरबारविहीन उनी करिब ४६ बर्ष अघिदेखि कैलाली र बर्दीया जिल्लाका विभिन्न ठाउँमा मजदुरी जिवन बिताइरहेकाे र हाल बुढेसकाल लागेपछि बेसहारा भएकाले उद्वार गरि आश्रममा पठाइएको समाजसेवी शर्माले बताउनुभयो ।


संस्था काेही पनि मानिसहरू खाना,छाना र नाना बाट बन्चित हुन नपरोस् भनेर बेसहारा तथा सहयाेगापेक्षी सडक मानवकाे उद्वारमा जुटेको छ। आश्रममा अहिले ५ जना महिला सहित २८ जना रहेका छन्।

उद्वार गरिएका अधिकाशं भारतिय मूलका रहेको आश्रमका कार्यवाहक अध्यक्ष चाैधरीले जानकारी दिनु भएको छ।

कही कतै त्यस्ता व्यक्ति देखेकाे खण्डमा तत्काल आफूलाई ९८४७४५८०४४ मा सम्पर्क गरी जानकारी गराउन कार्यवाहक अध्यक्ष चाैधरीले सबैमा अनुरोध समेत गर्नु भएको छ।