राप्ती प्रादेशिक अस्पतालमा सहायता तथा सोधपुछ कक्षको उद्घाटन

तुलसीपुर, १६ कार्तिक ।
दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा नागरिक सहायत कक्ष तथा सोधपुछ कक्षको उद्घाटन गरिएको छ । प्रादेशिक अस्पतालमा आउने सेवाग्राहीको सहजताका लागि सहायता केन्द्र नेपालले निर्माण गरेको उक्त सहायता कक्ष ९६ हजार ३ सय रुपैयाँको लागतमा निर्माण सम्पन्न गरी उद्घाटन गरेको हो ।

सहायता केन्द्र नेपालका अध्यक्ष खेमराज वि क सेन्चुरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ति प्रादेशिक अस्पतालका विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानले अस्पतालमा विरामिहरुलाई सहायता पु¥याउन सहायता कक्षको व्यवस्था गरेर सहयोग गरेकोमा धन्यबाद व्यक्त गर्नुभयो ।


केन्द्रका कोषाध्यक्ष दुविसरा वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव मुना वि क ले गर्नुभएको थियो । सहायता केन्द्र नेपालले समाजमा महिलाहिंसा, साइबर अपराध, प्रजनन् स्वास्थ्य, पोषण सम्बन्धि कामहरु गर्दै आएको केन्द्रका अध्यक्ष खेमराज सेन्चुरीले बताउनु भयो ।