राप्ती स्वास्थ्य प्रतिष्ठान शिक्षक–कर्मचारी समाज गठन, संयोजकमा डा. तिवारी

घोराही, ३ कार्तिक ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारी, शिक्षक, विद्यार्थिहरुको सम्मलीत शिक्षक–कर्मचारी समाज गठन गरीएको छ । आज प्रतिष्ठान प्राङ्गणमा भएको चिकित्सक, कर्मचारी, शिक्षक, विद्यार्थिहरुको भेलाले प्रतिष्ठानमा कार्यरत एमजिडिपि डा.उमाकान्त तिवारीको संयोजकत्वमा समाज गठन गरेको हो ।

प्रतिष्ठानका पदाधिकारीहरुलाई मानसिक तनाव दिई राजिनामा दिने वातावरण बनाईएको भन्दै अव आउने पदाधिकारी स्वच्छ, निष्पक्ष र संस्था बुझेको हुनुपर्ने संयोजक डा. तिवारीको भनाई छ । डा. तिवारी इमरजेन्सिको इन्चार्ज पनि हुन् । झण्डै एक सय बढि कर्मचारी, चिकित्सक, विद्यार्थी, शिक्षकहरुको भेलाले समाज गठन गर्दै आगामि दिनमा कमिटि विस्तार गर्ने निर्णय गरेका छन् ।

पदाधिकारी ल्याउदा पैसा खुवाएर ल्याउने प्रचलन रहेको भन्दै प्रतिष्ठानलाई विगारेर आफ्नो ब्यक्तिगत पोस्ने ब्यक्तिहरुलाई पदाधिकारी ल्याए कर्मचारी, चिकित्सकहरुले नमान्ने संयोजक तिवारीले चेतावानि दिए । प्रतिष्ठानका अहिलेका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, डिनले राम्रो काम गर्दा गर्दै रजिष्ट्रार, शिक्षाध्यक्ष विरुद्ध विना प्रमाणका उजुरी हालेर दुःख दिने काम गरेको भन्दै उनले अब आउने पदाधिकारीले वाहीर क्लिनिक पोस्ने गरी काम गरे त्यो मान्य नहुने पनि बताए ।


अब नियुक्त हुने पदाधिकारीकै कारण प्रतिष्ठानमा चिकित्सक नरहने र भएका चिकित्सहरुलाई क्लिनिकमा जाँच गरीरहेको अवस्थामा भेटिए दङ्गालिका लागि ठुलो दुर्भाग्य हुने बताए । सरकारी चिकित्सकलाई ल्याएर प्रतिष्ठानलाई विगतकै जस्तै उपक्षेत्रीय अस्पताल बनाउने काम माफीयाहरुले गर्न खोजेको आरोप लगाउदै डा. तिवारीले प्रतिष्ठानमा नै चिकित्सक भेटिने गरी सेवा प्रवाहमा लाग्ने अवस्था बनाउन अब नियुक्त हुने पदाधिकारी लाग्नुपर्ने बताए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका आइटि अफीसर हिरालाल भण्डारीले गरेका थिए ।