लमही नगरपालिकाले मनायो दशै मिलन कार्यक्रम

दाङ, १ कार्तिक ।
हिन्दुहरुको महान पर्व बडा दशैको अवसरमा लमही नगरपालिकाले दशै मिलन कार्यक्रम मनाएको छ । कार्यक्रममा बोल्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले चाडबाडले सबै नेपालीहरुलाई एकसुत्रमा बाध्न मद्धत गर्ने बताउनु भयो । पर्वलाई सस्कार र संस्कृतीको जगेर्ना हुनेगरी चाडबाड मनाउन सबै नगरबासीहरुमा नगर प्रमुख चौधरीले आग्रह गर्नु भयो ।

त्यसैगरी नगर उपप्रमुख लक्ष्मी योगीले नेपालीहरुको महान चाड घरघर भित्री सकेको भन्दै सबै नगरबासीहरुमा सुख शान्ती समृद्धिको कामना गर्नु भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले नेपालीहरुको महान चाडले सबैको मनोकामना पूरा गरोस, सबैलाई सत्मार्गमा हिड्ने प्रेरणा मिलोस भन्दै शुभकामना व्यक्त गर्नु भयो ।


देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरीले व्यवासायीहरुको हक हितका लागि आफुले पहल थाल्ने बताउनु भयो । स्थानीय सरकारसंग सहकार्य समन्वय गरेर देउखुरी उद्योग वाणिज्य संघ अगाडी बढ्ने समेत उहाँको भनाई छ । नगरपालिकाले भर्खरै निर्वाचित भएका देउखुरी उद्योग वाणिज्य संघका पदाधिकारीलाई स्वागत सम्मान समेत गरेको छ ।

गतवर्ष गढवा गाउँपालिकामा आयोजित फुटबल र गोरखा मोडेल स्कुलले आयोजना गरेको भलिबल प्रतियोगितामा प्रथम विजेता भएको लमही नगरपालिकाको टिमलाई सम्मान गरिएको छ ।

पत्रकार भानु जोशी, वडा नम्बर ३ का वडाअध्यक्ष मनोज कुमार चौधरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । नगर्न्प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख महेश थापा ठेडीले गर्नु भएको थियो ।