साना किसान कृषि सहकारी श्रीगाउँको १९ औं वार्षिक साधारणसभा

प्रमोद आचार्य
दंगीशरण, ३० असोज ।
साना किसान सहकारीले जनताको सेवा र जनमुखि कार्यक्रम ल्याइ बचत गर्ने बानिको बिकाश गरेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभएको छ । साना किसान कृषि सहकारी संस्था लि. श्रीगाउँको १९ औ वार्षिक साधारणसभामा अध्यक्ष गिरीले यस्तो बताउनुभएको हो ।

पछिल्लो समय नागरिकहरुको बचत गर्ने बानिको कमि भइरहेका वेला आफ्नो स्थानियस्तरका ब्यक्तीहरु मिलेर खोलिएका सहकारीहरुमा ढुक्कसँग बचत गर्न आग्रह गर्नुभयो ।साना किसान सहकारी संस्था लि.को स्थापना गर्ने संस्थापक अध्यक्ष स्व बसन्त देबकोटालाइ स्मरण गर्दै स्वर्गीय देबकोटाले रोपेको बिरुवा सानाकिसान सहकारी आज फल लाग्ने अवस्थासम्म आएको देख्दा आफु अतन्तै खुसि भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिस्ट अथिती कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तिर्थ न्यौपानेले गरीव तथा बिपन्न नागरीकहरुको सेवा पहुच र किसानहरुको हितको लागी सहकारीले आफ्ना कार्यक्रमहरु अगाडी सारेको प्रती प्रसंसा गर्नुभयो ।


यस्तै कार्यक्रमका अर्का बिशिस्ट अथिती लुम्बिनि प्रदेश कृषि संघ सदस्य तथा धनौरी साना किसानका अध्यक्ष टेक बहादुर पाण्डेले सहकारीको महत्त्व तथा उदेश्यमाथि प्रकाश पार्दै सहकारीमा जोडीय पछीको फाइदाको बारेमा प्रकाश पार्नुभएको थियो ।

साधारणसभामा बोल्दै सस्थाका अध्यक्ष टंक बहादुर वलिले प्रविधिको प्रयोग मार्फत शेयर सदस्यहरुको कार्यलाई छिटो भर्पर्दो,र ब्यबस्थित बनाउन प्रविधि मैत्री सेवाहरु थप्दै जाने लक्ष्यका साथ सहकारी अगाडी बढिरहेको बताउनुभयो । ग्रामीण क्षेत्रमा छरीएर रहेका पुजि संकलन गर्दै ग्रामीण क्षेत्रमा रहेका साना किसानलाई कृषि कार्यबाट रोजगारी सृजना गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै लैजाने उदेश्य आफुहरुको रहेको बताउनुभयो ।

सहकारीले १९ औ साधारणसभाको अवसर पारेर सहकारीमा आबद्व भएका अन्तर्समुह उत्कृष्ट शेयर सदस्यहरु, ९ वटा अन्तर्समुह अन्तर्गत अन्तर्समुह नं. ५ का सदस्यहरू, २०३ वटा समुह मध्य २ वटा समुहका सदस्य, बाल बचत तर्फ उत्कृष्ट बाल बचत गरी सम्मानपत्र सहित सबैलाई जनहि ५०० नगदका दरले सम्मान गरेको थियो ।

साधारणसभामा लेखा प्रतीवेदन लेखा समितीकी संयोजक जानकि वलि, र आर्थिक प्रतीवेदन साखा प्रबन्धक दिप चौधरीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सानाकिसान सहकारीका शिक्षा उपसमितिका संयोजक दिपकनाथ योगीले गर्नुभएको थियो ।