बसन्त परियार,
तुलसीपुर, २७ असोज ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ जसपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १५औ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष द्रोण बहादुर बस्नेतको अध्यक्षता तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्कीको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश सहकारी संघका सचिव रुप बहादुर खत्रीको बिशिष्ठ आतिथ्यमा साधारण सभाको उद्घाटन भएको थियो ।
सभाको उद्घाटन गर्दै अर्थमन्त्री मास्कीले सहकारीका माध्यमबाट समाजमा सुविधा दिनुपर्ने बताएका थिए । नागरीकका ससाना आवस्यता परीपुर्ति गर्ने कुरामा सहकारीले ध्यान दिनुपर्ने बताएका थिए । साथै सहकारीका मुल्यमान्यता अनुसार सञ्चालमा रहेका सहकारीलाई बचाउने र टिकाउने गरि आवस्यक बजेटको ब्यवस्थापन गरिएको उनले बताएका थिए ।
कार्यक्रमका विशिष्ठ अतिथी लुम्बिनी प्रदेश सहकारी संघका सचिव रुप बहादुर खत्रीले सहकारी संस्थाहरु सामाजिक कार्यहरुमा समेत उत्तरदायि हुनुपर्ने बताएका थिए । सहकारीबाट उद्यमशिलताको विकास गर्न तर्फ लाग्न सके आर्थिक रुपमा सबल बन्न सकिने उनले बताएका थिए ।
संस्थाका उपाध्यक्ष सेतु जैसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तुलसीपुर १२ का वडा सदस्य खेमकान्त पाण्डे, ११ का वडा सदस्य प्रभा परियार सानाकिसान कृषि सहकारी उरहरीका उपाध्यक्ष अर्जुन बस्नेत, अमर माविका प्रधानाध्यापक पदम बहादुर वली, मितेरी सहकारी संस्थाका पुर्व अध्यक्षहरु टेक बहादुर केसी,बलदेव आचार्य लगायतले बोलेका थिए ।
साधारण सभामा संस्थागत विकास तर्फ गोमा कुमारी बालान क्षेत्री, खड्ग बहादुर केसी,असली ऋणि तर्फ पदमी खत्री,बचतकर्ता तर्फ सञ्जीव डाँगी, बालबचत तर्फ सार्विका बुढाथोकी, ऐच्छिक बचत गरि नियमित कारोवार गर्ने हरीराम केसीलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो । सभाले प्रस्तुत प्रतिबेदन,ब्याजदर शंसोधन,विनीयम बारे छलफल गरि पारीत गरेको थियो । सभाको सहजिकरण सचिव कुल बहादुर बस्नेतले गरेका थिए ।
३७ जनाबाट सुरु भएको सहकारीमा हाल ४ सय ५१ शेयर सदस्यहरु रहेको प्रबन्धक सुरेन्द्र बुढाथोकीले जानकारी दिए । संस्थाको कुल पुजी झण्डै पाँच करोड पचास लाख रहेको छ । ग्रामीण भेगमा रहेर पनि सहकारीको मुल्य मान्यता अनुसार सञ्चालनमा रहेको यस क्षेत्र ठुलो सहकारी हो । यसको कार्यक्षेत्र हाल तुलसीपुरका ११,१२ र १३ नम्बर वडा रहेका छन ।
लाइभदाङ । २७ आश्विन २०८०, शनिबार १७:०८ बजे