दाङबाट राष्ट्रियसभाकालागि तीन जनाको नाम चर्चा

देव राज कँडेल
दाङ, १० पुस ।
दाङमा राष्ट्रियसभाकालागि तीन जनाको नाम चर्चामा आउने गरेको छ । माओवादी केन्द्रबाट कुबेर वली तथा काँग्रेसबाट गेहेन्द्र गिरी र कृष्णकिशोर घिमिरेको नाम चर्चामा छ । वली संविधानसभा सदस्य हुन् ।

उनी हाल माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयोग अध्यक्षा छन् । त्यस्तै काँग्रेसबाट पूर्व सांसद गेहेन्द्र गिरीको नाम चर्चामा छ । उनी यस अघिका दुई वटा निर्वाचनमा काँग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार थिए । तर, दुई पटक नै उनी पराजित भए । त्यस्तै पूर्व सांसद घिमिरेले पनि राष्ट्रियसभामा आकांक्षा देखाएका छन् ।


लुम्बिनीमा चार सिट खाली छ । त्यस मध्ये गठबन्धले सिटको बाँडफाँट गरेको छैन । प्रदेशबाट काँग्रेसले एक सय भन्दा बढिको नाम सिफारिश गरेको छ । त्यस्तै माओवादी केन्द्रबाट पनि आकांक्षीको लहर उत्तिकै छ । माओवादी केन्द्र प्रदेश अध्यक्ष सुदर्शन बरालले २०७९ सालको निर्वाचनमा भाग लिएकाहरुलाई उम्मेदवार नबनाउने बताए । राष्ट्रिय सभामा दाङका अनिता देवकोटाको पदावधी पनि सकिदैछ ।