पोखराबाट सुर्खेत हिडेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते

तुलसीपुर,१५ असोज । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।

पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस आज विहान ५ बजेतिर दुर्घटनामा परेको हो । पूर्व-पश्चिम राजमार्गको बबईसोता पुलको साइडमा बस दुर्घटनामा परेको हो । बस सडकदेखि १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीका प्रमख प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए ।

घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक रामेछाप सुनपति गाउँपालिका ३ निवासी ३३ बर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा १६ जना यात्रु थिए । ति मध्ये दुई जनालाई सकुसल उद्दार गरिएको छ ।


यी हुन् घाइतेहरुः