दाङका पत्रकार वलीको निधन

तुलसीपुर
१५ असोज / दाङका पत्रकार हेमप्रकाश ओलीको निधन भएको छ ।

लामो समय मिडिया क्षेत्रमा काम गरेका ओलीको शुक्रबार साँझ ५ बजेतिर निधन भएको हो । उनको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । उनी तुलसीपुर स्थित रेडियो तुलसीपुर र एसटीएन च्यानलमा काम गर्थे । उनले बहस मुलक कार्यक्रम तथा समाचार कक्षमा रहेर काम गरे ।

उनी केही समय काठमाडौं पनि बसे । रोजगारकै सिलसिलामा उनी कोरिया पनि पुगेका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० निवासी ओलीले विहान विषादी सेवन गरेको प्रहरीले बताएको छ ।


विषादी सेवनपछि उनलाई उपचारकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज लगिएको प्रहरीले बताएको छ । उनको श्रीमतिसंग विवाद भएपछि केही समय प्रहरी हिरासतमा राखिएको थियो ।