योजनाको कामप्रति दाताहरु उत्साहित, भन्छन् ‘फेरी बजेट हाल्छौं’

दाङ, ४ असोज ।
विश्व बैंकको आर्थिक सहयोगमा शहरी विकास तथा पूर्वाधार आयोजना अन्तर्गत लमही नगरपालिकामा संचालन भैरहेका आयोजनाहरुको स्थलगत अवलोकन गरिएको छ । साथै योजनाका बारेमा छलफल पनि भएको छ ।

लमही नगरपालिका–५ मा रहेको जैविक विविधता ग्रिनपार्कभित्र नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तरगत केहि योजनाका कामहरु भएका छन् । जस अन्तर्गत पुष्प बगैँचा, ढुंगे बगैँचा र बाटो स्तरउन्नती तथा पार्क निर्माणको काम सम्पन्न भएको छ ।

अवलोकनमा आएको टोलीले सबै योजनाको काम राम्रो भएको प्रतिक्रिया दिएका छन् । खासगरी यो कार्यक्रम कोभिड १९ को कारण रोजगारी गुमाएकाहरुलाई रोजगारी दिने उद्देश्यले २०७७ देखि २०८० सम्म तीन वर्षको लागि संचालन भएको थियो ।


कार्यक्रमबाट धेरै मानिसले रोजगारी पाएका र प्रत्येक वडाहरुमा काम राम्रो भएको प्रतिक्रियाको आधारमा आगामी दिनमा पनि कार्यक्रम थप हुने अनुगमनमा आएको टोलीले बताएको लमही नगरपालिका योजना शाखाकी सुनिता पोख्रेलले बताउनु भयो । दाताहरुको मन जित्ने गरि काम गरेका छौं, र पुनः वजेट हाल्दिनका लागि माग पनि गरेका छौं–पोख्रेलले भन्नु भयो ।

अनुगमन कार्यक्रममा लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगी, विश्व बैंकका डिडिजी नारायण प्रसाद भण्डारी, प्रयाक्टिस म्यानेजर आवेद, टिटिएलका आबेबाउ, विश्व बैंकका मिलन कार्की लगायतको उपस्थितमा योजनाको अनुगमन गरिएको हो ।

छलफलमा लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगी, ९ वटै वडाका वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।