दाङ, ३० भदौ ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित चारजना विरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी जाहेरी दिन प्रदेशसभा सदस्य विमला कुमारी खत्री(वली) दाङ आएकी छिन् । बुटवलबाट आज (बुधबार) दाङ आएको बताईन् ।‘पहिला हामीले बुटवल दर्ता गराउन खोजेका थियौं’, उनले भनिन्‘तर, बुटवलबाट दाङ नै दर्ता गर्न भनि सुझाब दिनुभयो, त्यही अनुसार दर्ता गर्ने तयारीमा छौं ।’
कहिले दर्ता गर्ने भन्ने विषयमा भने आफूलाई कुनै जानकारी नभएको उनले बताईन् । गएको साउन १५ देखि ५ दिनसम्म आफूलाई बन्दक बनाएको भन्दै पूर्वमुख्यमन्त्रीसहित एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध जाहेरी दिने उनले बताईन ।
लुम्बिनी प्रदेश दाङका प्रहरी प्रमुख मुकुन्द आचार्यले विधि पु¥याएर जाहेरी आए दर्ता गर्ने बताएका छन् ।
खत्री र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले मंगलबार इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएका थिए । डिएसपी कुँवरले उनले घटनाको शुरुवात भएको स्थान दाङमै भएकाले त्यही उजुरी दर्ता गर्न सुझाब दिएका थिए ।
खत्रीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने मुलुकी अपराध संहिता २०७४ मा व्यबस्था रहेको छ ।
लाइभदाङ । ३० भाद्र २०७८, बुधबार १७:५८ बजे