नेसनल प्याव्सनद्वारा चित्रकला प्रतियोगिता २०८० सम्पन्न

तुलसीपुर, २९ भदौ ।
“बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ २०८० भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा नेसनल प्याब्सन, दाङले “बाल अधिकार” बिषयक जिल्ला स्तरीय चित्रकला प्रतियोगिता डिभाईन टेम्पल एकेडमीमा सम्पन्न गरेको छ।

नेसनल प्याब्सन केन्द्रिय सदस्य प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यता एवम् केन्द्रिय सदस्य भिम बहादुर बुढाथोकीको बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रम डिभाईन टेम्पल एकेडमीमा सम्पन्न भएको छ।

प्रतियोगितामा डिभाईन टेम्पल एकेडमी कक्षा ९ मा अध्ययनरत छात्रा सची शाह प्रथम, बाल सहारा इङलिस बोर्डिङ स्कुल कक्षा १० मा अध्ययनरत छात्रा उषा बुढाथोकी द्वितिय, राप्ती बाल एकेडमीमा अध्ययनरत छात्रा दिपशिखा नाथ तृतिय र ज्ञानज्योती सेकेन्डरी स्कुल कक्षा ७ मा अध्ययनरत छात्र सस्कार भट्टराई सान्त्वना भएका छन्


प्रतियोगितामा निर्मला गौतम र सन्दिप चौधरीले निर्णयकको भुमिका निभाएका थिए। कार्यक्रमको अध्यक्षता भोजराज न्यौपानेले गरेका थिए। जिल्ला सदस्य फत्ते बहादुर खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचीव सालिक राम कार्कीले गरेका थिए ।