प्रादेशिक अस्पतालको आम्दानीमा बृद्धि 

तुलसीपुर, २६ भदौ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको आन्तरिक आम्दानी बृद्धि भएको छ । अघिल्लो आर्थिक बर्षमा १९ लाख ६ हजार आन्तरिक आम्दानी रहेकोमा गएको आर्थिक बर्ष २०७९/०८० मा १ करोड २ लाख ८३ हजार भएको छ । अघिल्लो आर्थिक बर्ष भन्दा गएको बर्ष ८३ लाख ७७ हजार ले आन्तरिक आम्दानी बृद्धि भएको हो । 

अस्पतालका पूर्व निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.ओम अर्यालका अनुसार फार्मेसी,ल्याबलगायतबा उक्त आम्दानी बृद्धि भएको हो ।“विगत भन्दा गएको बर्ष विरामीको संख्या पनि बढ्यो, भने रेफर दर घट्यो”,उनले भने“सबै विरामीहरुलाई सकेसम्म अस्पतालबाट उपचार गर्‍यौं, जसले गर्दा पनि आन्तरिक आम्दानीमा बृद्धि भएको हो ।”  उक्त आम्दानी अस्पताल विकास समितिको खातामा जम्मा हुन्छ । अस्पतालबाट दैनिक पाँचसयको हाराहारीमा विरामीले उपचार पाउने गरेका थिए । अघिल्लो बर्ष साढे २ सयको हाराहारीमा मात्रै दैनिक सेवा लिने गरेको डा. अर्यालले बताए । 

त्यस्तै अस्पतालले अक्सिजन समेत उत्पादन गरेर विक्री गर्ने गरेको छ । अस्पतालमा खपत भएर बाँकी रहेको अक्सिजनलाई विक्री गर्ने गरेको उनकाे भनाई छ । गएको बर्ष थप ८ वटा डायोलाईसिस मेसिन पनि जडान भएका छन् । पाँच वटा मात्रै मेसिन हुँदा धेरै विरामीहरुलाई डायोलाईसिस गर्न सकिएको थिएन । स्वास्थ्य मन्त्रालयले पठाएका थप थप ८ वटा मेसिन जडान गरेपछि अहिले सबै विरामीलाई डायोलाईसिस गर्न सकिएको डा. अर्यालको भनाई छ । 

साथै गएको बर्ष छुटै भवनमा एनआईसिय र पेडियाट्रिक वार्ड सञ्चालनमा भएको,दुरबिन विधिबाट सल्यक्रिया सेवा सुरुवात, २४ सै घण्टा प्रयोगशाला जाँच सेवा,फार्मेसीको छुट्टै काउन्टरको ब्यबस्थापन गरेको,एचडियुमा भिडियो एक्सरे सञ्चालनमा ल्याईएको थियो । 

त्यस्तै ४ बजेसम्म विरामीको रिपोर्ट हेर्ने ब्यबस्था गरेको, अस्पतालमा विरामीलाई रगतको आपूर्ति सहज गरेको,गरीब तथा विपन्न विरामीलाई सहुलियतमा उपचारको ब्यबस्था गरेको, तालिम केन्द्र सञ्चालनमा ल्याएको, एनआईसियु भवनमा अक्सिजन पाइपलाईन फिट गरिएको डा. अर्यालले बताए । 

 

यी हुन् अर्यालको पालामा भएका कामहरुः 

१. १३ वटा डाइलाइसिश मेसिन सञ्चालनमा 

२. छुट्टै भवनमा एनआइसियु,पेडियाट्रिक वार्ड सञ्चालनमा 

३‍. दुरविन प्रक्रियाबाट सल्यक्रिया सञ्चालनमा 

४‍. दर्ता,टोकन प्रणाली शुरुवात,विरामीलाई लाइन ब्यबस्थापनमा सहज 

५‍.२४ सै घण्टा प्रयाेगशाला जाँच 

६. Ent psychiatry सेवा सञ्चालनमा 

७‍. ओपीडी सेवामा भीड कम गर्न माथिल्लाे तलामा सारिएको  

८.इआरमा स्नेक बाइट व्यबस्थापन 

९.फार्मेसीमा छुट्टै  औषधी काउन्टरको व्यबस्थापन 

१०.एचडीयुमा प्राेटेबल भिडियो एक्सरे सञ्चालनमा 

११.विरामीको स‍ंख्या बृद्धि 

१२. जनशक्ति व्यबस्थापन गर्न निष्पक्ष परीक्षा प्रणााली 


१३.चिकित्सक थप गर्नुकासाथै ५ बजेसम्म विरामीको रिपाेर्ट हेर्ने व्यबस्था गरेको 

१४.बैज्ञानिक तवरवाट अस्पतालको सरसफाइ व्यबस्थापन 

१५. बन्दै गरेको भवनबाट सर्जिकल वार्ड सञ्चालन गरेको 

१६. सबै चिकित्सक र अस्पताल व्यबस्थापन समिति तथा स्थानीय सरकारसंग समन्वय गरेर काम गरेको 

१७. अस्पतालमा अक्सिजन उत्पादन गरि प्रयाेग भएकाे अक्सिजनबाट बचेकोलाई बिक्री गरेको 

१८. एसबीए टेर्निङ सेन्टर मार्फत स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरिएको 

१९. मेजर सल्यक्रियामा संख्यात्मक बृद्धि भएको 

२०. एनआइसियु भवन अक्सिजन पाइपलाइन फिट गरिएको 

२१‍.एनआइसियुमा भर्ना भएका आमाहरुलाई छुट्टै आमा घर बनाएको 

२२.वाटर ATM सेवा सुरु भएको । 

२३.निःशुल्क रक्त सञ्चार सेवा सञ्चालनमा आएको 

२४.गरीब,विपन्न विरामीहरुको निःशुल्क तथा सहुलियतमा उपचारको व्यबस्था भएको 

२५.XENC  X-pert machine सञ्चालन गर्नकालागि छुट्टै कोठाको व्यबस्थापन गरेको 

२६. अस्पतालको प्राङ्गनमा व्लक राख्न लगाइ शाेभा वढाएको 

२७.एम्बुलेन्स पार्किङको सहज ब्यबस्थापन भएको 

२८.आवत-जावतकालागि छुट्टै गेटको व्यबस्थापन गरिएको 

२९.अस्पताल बाहिर शौचालयको व्यबस्थापन गरेको 

३०.अस्पतालको जमिन छुट्याउन पहल गरेको