समृद्ध समाज दंगीशरणको प्रथम वार्षिक साधारण सभा

दिप्तीशिखा चौधरी,
दंगीशरण,१४ अशोज ।
समृद्ध समाज दंगीशरण दाङको प्रथम वार्षिक साधारण सभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम दंगीशरणमा सम्पन्न भएको छ । साधारण सभाले आर्थीक वर्ष २०७७÷०७८ को आर्थीक तथा वार्षिक प्रगती प्रतीवेदन प्रश्तुत गरेको छ ।
सभामा सस्ंथाका कोषाध्यक्ष सीता डांगीले सहकमीै समाज बाट कोशेली कार्यक्रमका लागि प्राप्त रकम विभिन्न शिर्षकमा ११ लाख ३६ हजार ३ सय ७२ रुपैयाँ खर्च भएको विवरण प्रश्तुत गरेकि थिईन ।
यस्तै विकास कोष नर्बेको सहयोगमा सहकर्मी समाज मार्फत कोशेली परियोजना को रकम विभीन्न शिर्षकमा ३० लाख १७ हजार ६ सय ० रुपैँयार सस्ंथागत सवलीकरण सुशासन र जिविकोपार्जन तर्फ ७० लाख १७ हजार ६ सय ८० रुपैँया खर्च भएको प्रतिवेदन प्रश्तुत गरेकि थिईन् । यस्तै सस्ंथापक सदस्यता तर्फ ७ हजार ५ सय साधारण सदस्यता वितरण तर्फ ९५ हजार ९ सय र छात्रबृत्ति कोष तर्फ ४ हजार गरी १ लाख ५१ ह्जार ४ सय आम्दानी भएको थियो भने सस्ंथा दर्ता खर्च तर्फ ५ सय, सदस्यता प्रमाण पत्र र खोल १७ हजार ८ सय , छात्रबृत्ति कोष ४८ हजार गरी ६६ हजार ३ सय खर्च भएको प्रतिवेदनमा उललेख छ । यस्तै बैँक तथा नगद ८५ हजार १ सय रहेको आर्थिक प्रतविेदनमा उल्लेख गरिएको छ ।
सभामा प्रश्तुत गरिएको प्रतिवेदनमा आगामी वर्ष २०७८÷०७९ का लागि अनुमानित आय व्यय तर्फ ७ लाख ९९ हजार ५ सय आम्दानी गर्ने अपेक्षा लिईएको छ । यस्तै विकास कोष नर्वेको सहयोगमा सहकर्मी समाज मार्फत कोशेली परियोजना मार्फत ३० लाख १७ हजार ६ सय ८० रुपैँया र सस्ंथागत सवलीकरण सुशासन र जीविकोपार्जन मार्फत ७० लाख १७ हजार ६ सय ८० रुपैँया आम्दानी हुने लिईएको छ ।
सभामा सस्ंथाका सदस्य पार्वती चौधरीले प्रश्तुत गरेको वार्षिक प्रगती प्रतिवेदनमा ३७ समुहका ६ सय ९५ जनाले व्यवसायिक तरकारी खेती गर्दै आएको, ९ समुहका ६० जनाले विषदि बनाउँने तालिम प्राप्त गरि प्रयोगमा ल्याएको, १० समुह मार्फत धान काट्ने, मकै भाच्ने जस्ता सामुहिक कार्य गर्दै आएको, ७ वटा समूह मिली आफनै बैठक घर निर्माण गरेको, ३७ समुहका ४ सय ५९ घरले वगुँर , कुखुरा, हाँस, भैँसी, बाख्रा, माछा पालन गर्ने गरेको जस्ता विभिन्न कार्यहरु गर्दै आएका छन् । यस्ता कार्यबाट समूहको आफनै बचत कोष ४८ लाख ९३ हजार ६ सय ४८ रुपैँया पुगेको छ भने सो रकम बाट १०३९ घर लाभान्वित छन् । यस्तै ६० प्रतिशत रकम आएमुलक काममा र ४० प्रतिशत रकम पारिवारिक खर्च ब्यवस्थापनमा लगानी भएको प्रतिवेदनमा उल्लेख छ । १०३९ जना साधारण सदस्य र ४५१३ लाभांन्वित जनसंख्या रहेको सस्ंथामा ५१ सामुदायीक समुह र ७ वटा सामुदायीक मुल समितिहरु आवद्ध रहेका छन् ।
सभामा दंगीशरण गाउँपालिका वडा न. १ का वडा अध्यक्ष श्रीप्रशाद चौधरी, वडा न. ५ का वडा अध्यक्ष दिपक गौतमले समृद्ध समाजले समृद्ध समाज निर्माणमा खेलेको भूमिका सह्राहनीय रहेको भन्दै दंगीशरणबासीहरुको जिवन स्तर बदल्न ठूलो भूमिका खेलेको बताए । आगामी दिनमा गाउँपालिका र समृद्ध समाज मिलेर अगाडि बढ्नुपर्ने बताए । सभामा सहकर्मी समाज जिल्ला टिम लिडर पुनाराम पन्थी, सती बचतका उमा बस्नेत,सिडका सिता चौधरी लगाएतले मन्तब्य ब्यक्त गरेको थिए । सभामा सदस्य महिलाहरुले समुह गठन गरेर काम कसरी गर्ने योजना कसरी बनाउँने, घरपरिवार सहकार्य गरेर महिलाहरु क्सरी बाहिर कार्यक्रममा जाने भन्ने विषयमा नाटक प्रश्तुत गरेका थिए ।
समृद्ध समाज दंगीशरणकि अध्यक्ष दिल कुमारी वि.क.को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सदस्यहरु लुमा के.सी. र ललीता रोकाले स्वागत गति बाट शुरु गरेको कार्यक्रमको शहजीकरण सचिव बालकृष्ण खड्काले गरेका थिए