लुम्बिनी प्रदेश : माओवादीले टुंग्यायो मन्त्रीको नाम, दाङबाट दुईजना मन्त्री बन्दै

दाङ, २२ असोज ।
लुम्बिनी प्रदेश सरकारले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको छ । त्यसकालागि सरकारमा जाने व्यक्तीहरुको नाम टुंगायाउने तयारी थालिएको छ ।‘हामीले मन्त्रीको नाम टुंग्याईसकेका छौं, काँग्रेसको टुंग्याउन बाँकी छ, काँग्रेसको टुंगियो भने आजै साँझसम्म मन्त्रीपरिषद विस्तार हुन्छ’, माओवादी केन्द्रका नेता तथा प्रदेशसभा सदस्य इन्द्रजित थारुले भने ।

माओवादी केन्द्रले बर्दियाका तिलकराम शर्मा र दाङका ईन्द्रजित थारुलाई मन्त्री बनाउने तयारी छ । शर्माले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय पाउने छन्, भने थारुले स्वास्थ्य जनसंख्या तथा परिवार कल्यान मन्त्रालय पाउनेछन् । त्यस्तै दाङकै विमला ओलीलाई राज्य मन्त्री बनाउने तयारी थालिएको छ ।


ओली मुख्यमन्त्री कार्यालयको राज्य मन्त्री बन्न सक्ने सम्भावना रहेको नेता थारुले जानकारी दिए । यस अघि प्यूठानका कृष्णध्वज खड्का मन्त्री भइसकेका थिए । त्यस्तै नेकपा एकीकृत समाजवादीले पनि एउटा मन्त्रालय पाएको छ । यस अघि ७ सदस्यीय मन्त्रीपरिषद गठन भएको थियो । जसमा मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ मन्त्री थिए ।