विद्युत अनियमितताका विषयमा ध्यानाकर्षण

तुलसीपुर,२२ भदौ ।
दाङको तुलसीपुरमा विद्युत अनियमितताको विषयमा ध्यानाकर्षण गराईएको छ । एच.आर. मिडिया हाउस प्रा. लि. र स्वतन्त्र युवाहरुले सयुक्त रुपमा तुलसीपुर विद्युत प्राविधिकरणका प्रमुख शिव नारायण गोशलीलाई ज्ञापन-पत्र समेत बुझाएको हो । त्यस अवसरमा प्रमुख गोशलीले यो समस्या केवल तुलसीपुरको मात्र नभएको बताएका छन् ।

प्रमुख गोशलीले पश्चिम दाङका सम्पुणर् ठाँउ लगायत बाहिरी जिल्ला रुकुम , रोल्पा , सल्यानमा पनि हामीबाटै विद्युत वितरण भएको र कहिलै काहीं सल्यानमा विद्युत अबरुद्ध हुँदा पनि हामीले यहाँ समस्या भोकनु परेको बताएका हुन् ।
तुलसीपुर सबस्टेशनबाटै जिल्ला बाहिर ३३ के.बि करिब १४७ किलोमिटर टाढासम्म जान्छ । त्यसको सम्पुणर् काम तुलसीपुर देखिनै गरिएको तथा बर्षातको समयमा पहाडी जिल्लाहरुमा पहिरो जाने रुख ढल्ने विद्युतका पोल्हरु ढल्ने लगायत समस्या बढ्दै गएको र त्यसको असर ती ठाउँ लगायत यहाँ सम्म परेको पनि उनले बताए ।


उक्त ज्ञापनपत्र बुझाउन इगल खबरका संचालक एच. आर. मगर, अनलाईन टिभी पत्रकार संघ नेपाल दाङ शाखा सचिब भिम वली , ब्ल्याक डाईमन्ड फिल्म प्रा लिका संचालक झग्गु भण्डारी, स्वतन्त्र युवा क्लबका अध्यक्ष सन्दीप गौतम, राप्ती पहिचान डट कमका यज्ञ ब. बुढा, अन्लाईन टिभी पत्रकारका जिल्ला सदस्य अर्जुन रोका मगर, पत्रकार तथा विद्यार्थी नेता केवि वली, तीखो खबरका प्रसिद्ध डाङ्गी, दियालो अनलाइन का एलिन केसी सहभागि थिए ।