तुलसीपुरमा डीबी गार्मेन्टको सोरुम उद्घाटन

तुलसीपुर, २१ भदौ । दाङको तुलसीपुरमा डीबी गार्मेन्टको सोरुम उद्घाटन गरिएको छ ।

विहीबार एक कार्यक्रम गरि तुलसीपुर उपमहानगरपालिका वडा नं.५ स्थित तुलसी बोर्डिङ चोकमा सोरुमको उद्घाटन गरिएको हो । उक्त गार्मेन्ट ८ बर्षदेखि तुलसीपुर बसपार्कबाट सञ्चालनमा थियो ।

सोही गार्मेन्टले स्वरुम सञ्चालनमा ल्याएको हो । उक्त सोरुमको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले उद्घाटन गरेका हुन् । त्यस अवसरमा युवाहरु उद्यममा जोडिनुपर्ने बताएका छन् ।


पछिल्लो समय युवाहरु विदेश पलायन भइरहेको भन्दै यो दुःखद कुरा भएको मन्त्री मास्कीको भनाई छ । उनले युवाहरुलाई उद्यमसिलतामा जोड्नकालागि प्रदेश सरकारले बजेट ल्याएको समेत बताए । गार्मेन्टले २५ जनालाई रोजगारी दिएको छ । जसले विद्यालयका पोशाक, टिसर्ट, पैन्टलगायतका कपडा उत्पादन गर्छ ।

दाङमै पहिलो पटक स्वदेशमै उत्पादनको प्रयोग गरेर सबै कपडा तयार गर्ने गरिने प्रबन्ध निर्देशक प्रकाश वलीले बताए । उक्त सोरुमको सञ्चालकमा वली र रेशम खड्का रहेका छन् । एक करोडको लागतमा उक्त सोरुम सञ्चालनमा आएको हो ।