तुलसीपुरमा सयौं युवा माओवादीमा प्रवेश

तुलसीपुर, १७ भदौ ।
तुलसीपुरमा सयौं युवा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रति भण्डारीको नेतृत्वमा प्रवेश गरेका युवाहरूलाई माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयोग संयोजक कुबेर वली, पार्टीका केन्द्रीय सदस्य धनबहादुर मास्कीलगायतले स्वागत गरेका छन् ।

तुलसीपुर ५ पार्टीको आयोजनामा कार्यक्रम भएको हो। त्यस अवसरमा प्रमुख अतिथि वलीले युवाहरूले भ्रष्टाचार बिरूद्व आवाज उठाउनु पर्ने बताए । युवाहरूले अबको भ्रष्टाचार बिरूद्वको आन्दोलनमा भाग लिनु पर्ने बताएका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका अर्थ मन्त्री धनबहादुर मास्कीले भ्रष्टाचार बिरोधी अभियानलाई सफल पार्न जनताले साथ दिनु पर्ने बताएका थिए ।


पार्टीका वडाध्यक्ष बेदप्रसाद वलीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका वडा ईञ्चार्ज मिनराज भण्डारी, नेता बिरेन्द्र बिकलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिब लोकेन्द्र खड्काले गरेका थिए ।