मावि सौडियारका लेखापाल केसीको सम्झनामा शोक सभा सम्पन्न

दाङ, १७ भदौ  ।
घोराही ७ सौडियार स्थित माबी सौडियार विद्यालयले विद्यालयका लेखापाल स्व. केशब केसिको १२ औ पुण्यतिथीको अवसर पारेर उहाँकै निबासमा श्रद्धाञ्जलि सभा सम्पन्न गरेको छ ।

केसिको सम्झनामा आयोजित शोक सभा बिब्यस अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा पुर्ब बिब्यस अध्यक्ष भिमप्रकाश खड्काको प्रमुख आतिथ्यता एव पुर्ब बिब्यस अध्यक्षहरु नन्दराम भण्डारी, कुमार पुनको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

स्व. केसिको ब्यक्तित्वको बारेमा विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमले चर्चा गर्नु भएको थियो । सो अवसरमा बोल्ने बक्ताहरुले केसिले समाजमा दिएको योगदान महत्वपुर्ण रहेको चर्चा गर्दै उहाँले देखाएको बाटाेमा लागेमा मात्र सच्चा श्रद्धाञ्जलि हुने बताएका थिए ।


उनिहरुले केसिको निधनले समाज, विद्यालयलाई अपुर्णिय क्षती पुगेको भन्दै २०५७ सालदेखि विद्यालयमा पुर्याएको योगदान अबिस्मरणिय रहेको बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि पुर्ब बिब्यस अध्यक्ष खड्काले केसिको निधनबाट बिद्यालयले कर्मठ,इमान्दार सामाजिक अगुवा गुमाएको भन्दै शोकलाई शक्तिमा बदलेर उहाँको योगदानलाई सम्झिरहने बाताबरण सबैले बनाउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रमका अध्यक्षता ग्रहण गर्नु भएका बिब्यस अध्यक्ष निशान दाजु भट्टराईले केसिको निधनप्रती दुख ब्यक्त गर्दै उहाँप्रती श्रद्धाञ्जलि ब्यक्त गर्नु भयो । उहाँले केसिको आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रती गहिरो समबेदना प्रकट गर्नु भयो । साथै अध्यक्ष भट्टराईले उहाँको योगदानलाई चिरस्थायी बनाउन बिद्यालय र केसि परिवार मिलेर अक्षयकोष स्थापना गरिने बताउनु भयो ।

बिब्यस सदस्य यमकला पुन, शिक्षक प्रतिनिधी मोतिलाल केसि लगायतकाले बोल्नु भएको थियो । त्यस अवसरमा केसिको परिवारको तर्फबाट बोल्दै भाइ, पुर्ब बिब्यस अध्यक्ष शरद केसिले आफुहरुको दुखमा साथ, सहयोग दिनु हुने र कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै आफ्नो दाजु योगदानलाई समाजमा सदैब स्थापित गर्ने गरि आफुहरु र बिद्यालय परिवारले सर-सल्लाह गरेर अघि बढ्ने बताउनु भयो ।
कार्यक्रमको सन्चालन विद्यालयका शिक्षक दामोदर पाण्डेले गर्नु भएको थियो ।