विश्वविद्यालयः दंगालीले नबुझेको अमूल्य सम्पति

नेपाल संस्कृत विश्वविद्यालय दाङको बेलझुण्डीमा छ । जो नेपालमा संस्कृत शिक्षालाई सर्वसुलभ बनाई संस्कृत वाङ्मयभित्रका आध्यात्मिक मूल्य –मान्यता, तथा उदात्तभावलाई समयको माग अनुरूप प्रवाहित गराउने उद्देश्यले २०४३ सालम सञ्चालनमा ल्यार्ईएको थियो । जुन उद्देश्यले सञ्चालनमा ल्याईएको हो, त्यो अनुसार अघि बढ्न सकेको अवस्था छैन । त्यसलाई राजनीति गर्ने थलोका रूपमा दुरूपयोग गरियो । जागिर खाने थलो मात्रै बन्यो । आयुर्वेदमा स्नातक(विएएमएस) अध्ययनरत विद्यार्थीहरू सधै विरोधमै हुन्छन् । दक्ष जनशक्ति छैन । ओपीडी नहु“दा प्रयोगात्मक छैन । पास भएर गएर गएका विद्यार्थीहरूले पनि खासै उपलब्धी गरेको देखिदैन । त्यस्तै संस्कृत अध्ययन गर्ने विद्यार्थीहरू नै न्यून छन् । यस्तै थुप्रै समस्याले संस्कृत विश्वविद्यालय जेलिएको छ ।

बेलझुण्डीलाई‘तालझुण्डी’ नामले परिचय दिनुपर्ने अवस्थाको सिर्जना भएको छ । सधै केन्द्रीय कार्यालयमा तालाबन्दी हुन्छ । कहिल्यै उपकुलपतिको आवास,गाडी तोडफोड हुन्छ । एकातर्फ विद्यार्थीहरू आफ्नो पढ्न पाउने अधिकार खोज्दै आन्दोलन गर्छन्, भने कोही अन्य स्वार्थपूर्तिकालागि पनि आन्दोलन हुने गरेका छन् । राजनीतिक हस्तपक्ष उस्तै हुन्छ । संस्कृत वाङ्मयको अध्ययन गर्ने थलोका रूपमा चिनिने पबित्र स्थान धुमिलिएको छ । आफ्नो जुन इज्जत छ, त्यसलाई बढाउन सकेको छैन्, उल्टै गिर्दै जान थालेको छ ।


नेपालमा उच्च तहसम्म संस्कृत शिक्षाको पठन–पाठन गराउने, संस्कृतको अध्ययन, अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्दै, संस्कृतको जनशक्ति तयार गरी राष्ट्रिय आवश्यकता परिपूर्ति गर्ने, शास्त्रीय तथा प्रायोगिक विषयहरू आयुर्वेद, योग तथा प्राकृत चिकित्साजस्ता बहुउपयोगी विषयको अध्ययन, अनुसन्धान तथा प्रशिक्षण गर्नेजस्ता पबित्र उद्देश्य विश्वविद्यालयले बोकेको छ । त्यस्तै परम्परागत धर्म, नैतिक मूल्य–मान्यता, सदाचार र सच्चरित्रको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्य बोकेको विश्वविद्यालयलाई बाहिरी समाजले हेर्ने दृष्टिकोण सकारात्मक नै छ । तर, यो अमूल्य सम्पतिलाई जिल्लाबासीले बुझेको देखिदैन । अहिले पनि संस्कृत शिक्षा होस्, वा आयुर्वेद पढ्न आउनेहरू बाहिरी जिल्लाका धेरै छन् । दाङका बाहिरी जिल्लाले पबित्र थलोका रूपमा हेर्छन् । तर, जिल्लावासीले यसलाई कमाई खाने भा“डो जस्तो बनाउन थालेपछि यसको मर्म विस्तारै हराउ“दै गएको, विश्वविद्यालय नै बन्द हुने अवस्थामा पुग्न थाल्नु त्यति सकारात्मक कुरा होइन् । त्यसैले यो थलोलाई संरक्षण गर्नु सबैको दायित्व रहन्छ । साभारः अग्रिम साप्ताहिक