स्थानीय सरकारले आन्तरिक आय बढाउन पनि ध्यान दिनुपर्छ : मन्त्री शर्मा

तुलसीपुर,३१ साउन ।
सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । बुधबार दाङको लमही स्थित जैबिक बिविधता ग्रिन पार्कको अवलोकनका क्रममा त्यस्तो बताउनुभयो । “स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ पनि ध्यान दिनुपर्छ”,उहाँले भन्नुभयो “आन्तरिक आय बढेमा केन्द्र, प्रदेश सरकारसंग नै हात थाप्नु पर्ने अबस्था पनि रहदैन ।”

यस्ता पार्कहरु आम्दानीको स्रोत बन्न सक्ने भन्दै ब्यबस्थित बनाएर ब्यायिक रुपमा अगाडी बढाएमा आन्तरिक आम्दानी पनि बढ्ने उहाँले बताउनुभयो । यस्तै पार्कबाट धेरै स्थानीय तहहरुले राम्रो आम्दानी गरिरहेको भन्दै यस तर्फ सबै स्थानीय तहले ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।


साथै यस्ता पार्कहरुलाई पर्यटकीय स्थल तथा विद्यार्थीहरुको सिकाई थलोका रुपमा पनि अगाडी बढाउन सकिने बताउनुभयो । उक्त पार्क लमही नगरपालिका वडा नम्बर ५ बसपार्कदेखि उत्तरतर्फ रहेको छ ।

अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्धारा पार्क सञ्चालनमा आएको बनका अध्यक्ष पवन शर्माले बताउनुभयो । सोही ठाउँमा ३० विघा जग्गा छ ।