तुलसीपुर
२७ पुस / तुलसीपुरमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार १२२ जनामा परीक्षण गर्दा ३८ जनामा पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रबद्र्धन शाखा निरीक्षक विमल केसीले बताए । उनका अनुसार १४ महिला र २४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
ति मध्ये ७ जना विद्यार्थी, ५ जना शिक्षक, ५ जना कर्मचारीलगायत रहेका छन् । यो संगै तुलसीपुरमा सक्रिय संक्रमितको संख्या २३३ रहेको छ ।
चार जनाको अस्पतालमा उपचार भइरहेको छ । संक्रमितमा घाँटी दुख्ने, निल्न गाह्रो हुने, ज्वरो आउने, शरीर दुख्ने, नाक बन्द हुने, पानी बग्ने, पखाला लाग्ने, टाउको दुख्ने, रिँगटा लाग्नेलगायतका लक्षण देखिएका छन् ।
लाइभदाङ । २७ पुष २०७८, मंगलवार १९:४३ बजे