कालोमोसो प्रकरणमा पक्राउ परेका सर्जन परियारसहित तीनजना छुटे 

तुलसीपुर
११ असोज / राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.विनोद सिंहमाथि कालोमोसो दल्ने प्रकरणमा पक्राउ परेका सर्जन परियारसहित तीन जनालाई प्रहरीले धरौटीमा छोडेको छ ।

डा. सिंहलाई कार्यकक्षमै कालोमोसो दलेको अभियोगमा पक्राउ परेका दिलिप डाँगी पुर्वपक्षका लागि थुना पठाईएको छ, भने परियारसहित गणेश खड्का र दिवस क्षेत्रीलाई जनही ५० हजार रुपैँया धरौटी बुझाएर आईतबार रिहा गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।


गएको भदौ ११ गते परियारसहित गएका उनीहरुले डा. सिंहमाथि कालोमोसो दलेका थिए । परियार एमाले निकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष थिए । मोसो प्रकरण पनि परियारसहितलाई पार्टीले कारवाही गरिसकेको छ ।