चन्द्रज्योतिमा ट्राफिक सचेतना

तुलसीपुर, २४ साउन ।
तुलसीपुर उपमहानगरपालिका २ चन्द्रज्योति माविमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्यले सचेतना कार्यक्रम आयोजना गरिएको हो । विद्यार्थीहरुलाई जेव्रा क्रसिक, ट्राफिक लाइट, आकशे पुल, लगाएतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको छ ।

यस्तै सडकमा पैदल यात्रा गर्दा कसरी सडक पार गर्ने भन्ने विषयले धेरै दुर्घटना हुने गरेको विद्यालयका प्रधानध्यापक नरेश केसीले बताउनुभयो । यो विषयमा विद्यार्थीहरुलाई जानकारी गराँउदा आफु लगाएत घर परिवारमा समेत ट्राफिक नियम सम्बन्धी जानकारी हुने केसीको भनाइ छ ।


प्रहरी चौकी चिराघाटका प्रमुख असइ खड्ग वहादुर डाँगीले समुदाय र प्रहरी विचको सम्बन्ध हाउगुजी नभइ आत्मियताको सम्बन्ध हुनु पर्ने बताउनुभयो । समाजमा प्रहरी भन्ने वितिकै डराउने प्रवृतीले प्रहरी र समुदाय विचको दुरी लामो छ उहाँले भन्नुभयो । नागरिकहरुले प्रहरीलाई समाजमा भए गरेका अराजक गतिविधी तथा विकृती विसङतीलाई गोप्य सुचनाको आधारमा सुचना दिने हो भने समुन्नत समाजको विकास हुने डाँगीको भनाइ छ ।

बागर प्रहरी चौकीमा कार्यरत ट्राफिक हवल्दार डिल्ली आर्चायले विद्यालय शिक्षामा ट्राफिक नियम सम्बन्धी जानकारी गराउनुभएको थियो । सचेतना कार्यक्रमले आफुहरु खुसी भएको विद्यार्थीहरुको अभिव्यक्ति रहेको थियो । विद्यालयमा अध्ययनर १ सय ५० जना विद्यार्थीहरु सहभागी भएका थिए ।