शान्तिनगरमा खुल्ला भलिबल प्रतियोगिता हुने

तुलसीपुर
११ असोज / दाङको शान्तिनगर गाउँपालिका वडा नं. ७ स्थित धनौरी स्कुलमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । सीटी युथ क्लब शान्निगर ६ को अयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । यही असोज १५ गतेदेखि खेल सुरु हुने र टिम दर्ता गर्ने अन्तिम मिति असोज १३ गते बेलुका ६ बजेसम्म रहेको व्यबस्थापक सम्राट भण्डारीले बताए । साथै प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, द्धितिय पुरस्कार १५ हजार र उत्कृष्ट खेलाडी नगद २ हजार हुनेछ । भने ट्रफि,मेडल र प्रमाणपत्र उपलब्ध गराईनेछ । खेलकुदको विकास र विस्तारकालागि उक्त प्रतियोगिता आयोजना हुन लागेको हो ।